सुमित्रा पौडेल
अर्घाखाँची, ३० माघ । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा अआज राष्ट्रिय जनमोर्चाले विरोध सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालय मसालबजारबाट सुरु भएको विरोध र्याली सन्धिखर्क बजार परिक्रमा गरी टुडिखेलमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दैै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको आरोप लगाए ।
उनले दरवारीय र संकृणवादी कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक विवाद मिलाउँन नसकेर देशलाई भड्खालोमा हालेको आरोप लगाए ।
पार्टीभित्रको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको बताउँदै पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु देशकै लागी दुःखद भएको उल्लेख गरेका छन् ।
सभामा जनमोर्चाका केन्द्रिय सदस्य मनोज भट्टले प्रधानमन्त्री ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु बेठीक भएको केसीले बताएका छन् ।
विरोध सभामा जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, नेताहरु शेरबहादुर बिसी, झबिलाल थापा, सागर केसी, पशुपति ढकाल, कल्पना पोख्रेल लगायतले मन्तव्य राख्दै ओली सरकारको प्रवृत्ति तानाशाही भएको आरोप लगाए ।
कार्यक्रम जनमोर्चा अर्घाखाँचीका जिल्ला अध्यक्ष थम्मन केसीको अध्यक्षता, उपाध्यक्ष गोपाल पौडेलको स्वागत र सचिब बाबुराम पन्थी सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँगको पत्रकार सम्मेलनको पुरा भिडियो हिन्दुखबरको युटुव च्यानलमा आउँदै छ है ।
https://www.youtube.com/channel/UCCZ499jmYg0s5hd33rDjsPg/videos


