नेकपाको बुटवलमा आज जनसभा, प्रधानमन्त्री ओलीले सम्बाेधन गर्ने

269
FIle photo

बुटवल,फागुन १ । नेकपा ओलीपक्षले आज बुटवलमा जनसभा गर्दै छ । तयारी अन्तिम पूरा भएको जनाएको छ । बुटवलको सिद्धेश्वर माबीको प्राङ्गनमा सभा आयोजना हुने नेकपाले जनाएको छ ।

नेकपा ओली पक्षले बुटवलमा २ लाख समर्थक उतार्ने दाबी गर्दै आएको छ ।  ओली पक्षले तत्कालिन माओबादीले जनयुद्ध सुरु गरेको फागुन १ गतेकै दिन पारेर बुटवलमा जनसभा गर्न लागेको छ । कार्यक्रममा जनयुद्धका पूर्व लडाकुहरुको समेत मार्चपास गराउने कार्यक्रम रहेको छ ।

प्रहरीको खोजीमा रहेका कालिबहादुर खाम सहितका पूर्व लडाकुहरु सभामा सहभागी हुने बताईएको छ ।कार्यक्रमको तयारीका लागि १ हजार स्वयंसेवकहरु खटाईएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव विष्णु पौडेल, मन्त्रीहरु लेखराज भट्ट र टोप बहादुर रायमाझी तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

सभा सुरुहुनु पूर्व ३ स्थानबाट जुलुस सुरु भई अस्पताललाईनमा एककिृत हुने र त्यहाँबाट सभास्थलतर्फ प्रवेश गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ ।