हिन्दुखबर संवाददाता
अर्घाखाँची, १ फागुन । विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट जिल्ला समिति अर्घाखाँचीले जनयुद्ध दिबसको अबसरमा अर्घाखाँची विभिन्न स्थानमा जनयुद्ध दिबसको अबसरमा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
सितगंगा नगरपालिकामा भएको कार्यक्रमलाई सम्वोधन गदै जिल्ला ईन्चार्ज कमल केसीले जनयुद्धका उपलब्धीलाई सबैले रक्षा गनुपर्ने बताउँदै जनयुद्धका उपलब्धीलाई केही प्रतिगामी प्रश्यगमनकारीले बेचेर खाए पनि जनयुदमा सहिद बेपत्ता घाइते परिबारको योगदान लाई कहिले पनि नविर्सने बताउनुभएको थियो ।
मालारानी गाँउपालिकामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै जिल्ला सेक्रेटरी माहुरीले जनयुद्धलाई केही तत्बले कुर्चीसीत साटे समग्र रुपमा जनयुद उपलब्धीलाई सबै मिलेर रक्षा गनुपर्ने बताउदै सेक्रेटरी माहुरीले सहिद परिबार घाईते बेपत्ता परिबारको सपनालाई साकार पार्नको लागि आफुहरु निरन्तर रुपमा लाग्ने बताएका थिए । जनयुद दिबसमा अबसरमा नेकपाले हिजो जिल्लाका विभिन्न स्थानमा मसाल जुलुस पनि निकालेको थियो ।