प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको अधिबेशन, लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी

272

गणेश घिमिरे
पाल्पा, २ फागुन ।  ज्ञान, शील र एकताको आर्दश बोकेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशन पाल्पाको तानसेनमा सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा पुस्करराज रेग्मी, उपाध्यक्षमा शाेभाकान्त न्याैपाने, विकास श्रेष्ठ, कमल काेइरालालाइ चयन गरेकाे छ ।

यस्तै सचिवमा त्रिसना खराल, छात्रा प्रमुखमा दिक्षा ढकाल, सहछात्रा प्रमुखमा सृष्टि अधिकारी, मिडिया प्रम्रखमा प्रेरणा नेपाल, सहसचिवमा बद्रि भट्टराइ, हरपस बाेहाेरा र शर्मीला नेपाली निर्बाचित भएका छन ।

एक संकल्प राष्ट्रका लागि विषयमा भईरहेको प्राज्ञिक बिद्यार्थी परिषद् नेपालको दोस्रो प्रदेश अधिवेशनले महत्वपूर्ण पाल्पा घोषणापत्र जारी गर्ने राष्ट्रिय संगठन सचिब नारायण प्रसाद ढकालले जानकारी दिए ।