क्यान्सर रोगबाट ग्रसित भुमिकास्थान ढिकुराका नेपालीलाई आर्थिक सहयोग गर्न परिवारको अपिल

240

अनिल नेपाली
सन्धिखर्क, १ फागुन । जीवनलाई सरल र सहज रुपमा विताउछु आफ्ना परिबारलाई सुखी बनाउनु भन्ने सोच भएका भुमिकास्थान नगरपालिका वडा नं. ९ ढिकुरा हरचोरका ४० बर्षीय खिम बहादुर नेपालीको करिब २ बर्षदेखि घरमा चुलो बल्न छोडेको छ । लामो समयदेखि ज्याला मजदुरी गरि जीवन चलाएका नेपाली करिब २ बर्षदेखि क्यान्सर रोगबाट ग्रसिर रहि भएको थियो ।

नेपालीको आफुसँग भएको धन सम्पति उपचारमा सकिएपछि ओछ्याउनमा जीवन गुजारदै आउनु भएको छ । नेपालीलाई आफ्नो त पिडा छदै छ त्यसैमाथि पनि श्रीमतिको पिडा पनि थपिएको छ ।

३७ बर्षीय श्रीमति सर्मिला नेपालीको खुट्टा भाचिएपछि अहिले घरमा दुबै जना विरामी रहिआउनुभएको छ । उपचार पाएमा आफुले नयाँ जीवन पाउन सकिन्छ भन्ने सोच भएका नेपालीलाई जीवन बचाउनका लागि परिवारले अपिल गरेको छ । नेपालीको उपचारका आर्थिक सहयोग गनुपर्ने अभियान्ता शिला नेपालीले बताउनुभएको छ ।

नेपालीको दुई छोरा र २ छोरी रहेपनि साना साना रहेकाले आर्थिक अबस्था जटिल बनेको बताउदै आफ्नो आफुलाई नयाँ जीवनमा रुपान्तरण गर्नेका लागि सबैलाई अपिल गनुभएको छ ।

क्यान्सर रोगबाट ग्रसित रहेका नेपालीको उपचारका लागि अभियान्ता शिला नेपालीले जटिल रोग भएकोले उपचारमा सघाउ पु¥याउनको लागि सहयोग गरिदिनको लागि सबैमा अपिल गरिन् । अभियान्ता नेपालीले अहिलेसम्म सन्धिखर्क नगरपालिकाबाट ५००० मिना बस्याल र गोपाल भट्टाराईबाट ५००० , सन्जु नेपालीबाट १२००० सुरेश नेपालीबाट २००० दुर्गा नेपालीले १०००० रुपैया आर्थिक सहयोग गरेको बताउदै अझै सहयोग गर्न सबैलाई अपिल गरिन् ।