नेकपा महासचिब पाैडेलले तिलोत्तमाका मेयर र उपमेयरलाई ओली समूहमा प्रवेश गराए

295

बुटवल २, फागुन  । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयर नेपाल कम्युनिस्ट पार्टी [नेकपा] ओली समूहमा लागेका छन् । तिलोत्तमाका मेयर वासुदेव घिमिरे र उपमेयर जागेश्वरदेवी चौधरी ओली समूहमा खुलेका हुन् ।

महासचिव विष्णु पौडेलले सामाजिक सञ्जाल फेसबूकमा मेयर वासुदेव घिमिरेसँगको तस्वीर राख्दै ‘साथै छौं, साथै रहनेछौं !’ भनेर लेखेका छन् । महासचिव पाैडेलले फेसबुकमा राखेको तस्वीर भैरहवा गाैतमबुद्ध बिमानस्थलमा आज खिचिएको हाे ।

महासचिवको पहल र केहि सर्त सहित घिमिरेले गुट बदलेका हुन् । सर्तहरु के -के थिए बाहिर खुलाइएको छैन । मेयर घिमिरेले आफूसहित अधिकांश कार्यपालिका सदस्यले महासचिव विष्णु पौडेललाई साथ दिने निधो गरेको जानकारी दिए ।

आइतवार महासचिव पौडेललाई बिदाइ गर्न मेयर घिमिरे, उपमेयरसहित नेताहरू भैरहवा विमानस्थल पुगेका थिए । यसअघि मेयर घिमिरे लामाेसमयदेेखि नेकपा प्रचण्ड–नेपाल समूहका नेता तथा पूर्वमन्त्री घनश्याम भुसालको साथमा थिए ।