फागुन २, काठमाडौ

नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको भवन निर्माण सम्बन्धमा आज बैठक सप्पन्न भएको छ । बैठकले नेपाल ज्योतिष परिषद् केन्द्रीय कार्यालयको भवनको शिलान्यास २०७८ वैशाखमा गर्ने निर्णय भएको छ ।

बैठकले केन्द्रीय अध्यक्ष माधवराज पाण्डेको संयोजकत्वमा भवन निर्माण मुल समिति गठन गरेको छ , प्रमुख संरक्षकमा नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा.लोकराज पौडेल र सदस्यमा केन्द्रिय समितिका पदाधिकारीहरु सदस्यहरु,प्रदेश अध्यक्षहरु उपत्यका समितिका अध्यक्ष रहेका छन् । विशिष्ट सभापति टिकाराम शर्मा भुसालको संयोजकत्वमा भवन निर्माण व्यवस्थापन समिति,उपाध्यक्ष लेखनाथ न्यौपानेको संयोजकत्वमा भवन शिलान्यास व्यवस्थापन समिती र त्यसको सदस्यहरुमा लक्ष्मण पन्थी,खिलनाथ काफ्ले,वेदराज पन्त,याम प्रसाद पौडेललाई चयन गरिएको छ । जिल्ला र प्रदेशको अधिवेशन समयमै सम्पन्न गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले केन्द्रीय पदाधिकारीहरु र सदस्यहरुले बुझाउनुपर्ने शुल्क चैत मसान्तसम्म अनिवार्य रुपमा बुझाइसक्नुपर्ने केन्द्रीय महासचिव कमल काफ्लेले जानकारी दिनुभयो ।

बैठकमा नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा.लोकराज पौडेल,निवर्तमान महासचिव सन्तोष वाशिष्ठ, विशिष्ट सभापति टिकाराम शर्मा भुसाल,वरिष्ठ उपाध्यक्ष केशव धिताल,महासचिव कमल प्रसाद काफ्ले , कोषाध्यक्ष भुपेन्द्रराज घिमिरे , उपमहासचिव वेदराज पन्त,लिलाराज शर्मा नेपाल ज्योतिष परिषद् वाग्मती प्रदेशका अध्यक्ष राजिव आचार्य,केन्द्रीय सदस्यहरु केशव गौतम,पिताम्बर पौडेल,खिलनाथ काफ्ले र शिवलाल पौडेल लगायतको सहभागी रहेको कार्यक्रमको अध्यक्षता केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले गर्नुभएको कोषाध्यक्ष भुपेन्द्रराज घिमिरेले हिन्दुखबरलाई बताउनुभयो ।