देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली : काठमाण्डौमा फाट्टफुट्ट पानी पर्ने

177

काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसममा आंशिकदेखि सामान्य बदली भएको छ ।

आज हिमाली जिल्लामा हिमपात र पहाडी केही जिल्लामा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कडेलले बताए । उनका अनुसार आज दिउँसोपछि काठमाण्डौ उपत्यकामा पनि फाट्टफुट्ट पानी पर्ने सम्भावना पनि छ । पश्चिमी वायुको प्रभावकै कारण देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद् कडेलले बताए ।

पश्चिमी वायुको प्रभावकै कारण तत्काल राम्ररी घाम नलाग्ने पनि मौसमविद्ले बताएका छन् । तर, घाम नलागे पनि धेरै चिसो भने नहुने मौसमविद्को भनाई रहेको छ । मौसम बद्ली भएकाले अहिले काठमाण्डौसहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम बढ्दै गएको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।