अर्घाखाँचीमा पुष्पा, रेवती भुसाल र विष्णु मुस्कानले सम्बोधन गर्ने

289

अर्घाखाँची, ३ फागुन । नेपाली कांग्रेसले आज देशका ७७ वटै जिल्लामा एक साथ सरकारविरुद्ध बिरोधसभाको आयोजना गर्न लागेको छ । विरोधसभाका लागी केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगिसकेका छन् ।

अर्घाखाँचीमा सरकारविरुद्ध हुने विरोधसभाको तयारी पुरा भएको कांग्रेस उपसभापती शान्ता भण्डारीले बताईन ।

सन्धिखर्कमा हुने विरोधसभालाई नेपाली कांग्रेसकी सचेतक एवं केन्द्रिय सदस्य पुष्पा भुसाल, पुर्वमन्त्री एवं पार्टीका पुर्व केन्द्रिय सदस्य रेवतीप्रसाद भुसाल, जिल्ला सभापति विष्णु मुस्कान लगाएतले सम्बोधन गर्ने उपसभापति भण्डारीले जानकारी दिईन ।

सबै नेता कार्यकर्तालाई यो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध एकजुट हुनको लागी काँग्रेस अर्घाखाँचीले आव्हान गरेको छ ।