घनश्याम पौडेल
अर्घाखाँची, ३ माघ । नेपाली कांग्रेस जिल्ला कार्य समिती अर्घाखाँचीले सरकारविरुद्ध सन्धिखर्कमा प्रर्दशन सुरु गरेको छ ।

 

विपी स्मृति भवन सन्धिखर्कबाट सुरु भएको विरोध सभा र्याली टुडिखेल, बैंकरोड, हललाईन, चुत्रावेशी, मेनरोड हुदैँ शान्तीबगैँचामा कोणसभामा परिणत भएको छ ।

विरोध सभा र्यालीमा काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, जिल्ला सभापति विष्णु मुस्कान, पुर्व सभापति कमल भुसाल, उपसभापति शान्ता भण्डारी, सचिवद्धय छविलाल पौडेल, विष्णु भुसाल लगाएत जिल्ला कार्य समितीका सदस्यहरुको उपस्थिती रहेको थियो ।

काँग्रेसका क्षेत्रिय सभापति, महासमिती सदस्य, महाधिवेशन प्रतिनिधी, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधीहरुको पनि विरोध सभामा उपस्थिती रहेको छ । काँग्रेसबाट निर्वाचित जनप्रतिनिधी तथा कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिती रहेको छ ।

यो असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध काँग्रेसले सड्कमा आन्दोलन गर्नुपरेको काँग्रेसले जनाएको छ ।