भैरहवा, ३ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा भित्रको आन्तरिक विवाद टुंगो लगाउँन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । नेकपाभित्र भएको विवादस्पाद निर्णयको टुंगो नलगाएको भन्दै निर्वाचन आयोगको आलोचना देउँवाले गरेका छन् । आयोगले निर्वाचन गराउनै नचाहेको त होइन भन्ने देउँवाको आशंका छ ।
प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेस रुपन्देहीले आयोजना गरेको सभालाई भैरहवामा सम्बोधन गर्दै देउवाले अदालतमा विचाराधीन मुद्दा रहदा रहदै यही गर भन्न नभन्ने बताए । देउवाले अदालतको निर्णय पर्खिनुपर्ने बताए ।
कांग्रेस सभापति देउवाले भने, ‘किन कार्यकालिका किन प्रकाशित गर्दैन ? चुनाव चिन्हको झगडा छ, किन चुनाव चिन्ह दिँदैन निर्वाचन आयोगले, देउवाले प्रश्न गरे ?
सूर्य चुनाव चिन्ह एउटै रहको भन्दै उनले प्रचण्डलाई दिने कि ओलीलाई दिने छिटो निर्णय गर्न आग्रह गरे । सूर्य चिन्ह नपाए ओलीले चुनाव नगराउने देउवाको आशंका छ ।
प्रतिनिधिसभा विघटन गरेको ६ महिनाभित्र चुनाव भइसक्नुपर्ने भन्दै कांग्रेस सभापति देउवाले भने, ‘निर्वाचन आयोगलाई मतलब नै छैन । यो निर्वाचन आयोगलाई म यहीँबाट भन्न चाहन्छु, प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको ६ महिनाभित्र चुनाव गराइसक्नुपर्छ ।’