अंसवैधानिक संसद विघटन र निर्वाचन पनि अंसवैधानिकः पुर्वकेन्द्रीय सदस्य भुसाल

732

घनश्याम पौडेल
अर्घाखाँची, ३ माघ । नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले प्रतिनिधी सभाको विघटन असंवैधानिक कदम भएकाले काँग्रेसले आन्दोलन गर्नुपरेको बताउँनुभयो । केपी ओलीले गरेको अंसवैधानिक संसद विघटन र निर्वाचन पनि अंसवैधानिक हुने भएकाले काँग्रेसले निर्वाचनमा भाग लिन नसक्ने भुसालले बताउँनुभयो ।

नेपाली काँग्रेस अर्घाखाँचीले सन्धिखर्कमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता भुसालले ‘सरकारले मिडिया, सामाजिक सञ्जाललाई प्रतिवन्द्ध लगाउँदा केपी जी र प्रचण्ड जी मिल्नुभयो, आज एकआपसमा लडाई गरिरहेका छन् ।

संविधानमा सभामुख र उपसभामुख फरकफरक हुनुपर्ने लेखेपनि उहाँहरु नेकपाका दुबै पक्ष भागवण्डा गर्नमा व्यस्त हुनुभयो, संविधान हिजोेदेखी नै मिचिएको थियो । नेपाली काँग्रेसले पटकपटक आवाज उठाउँदा प्रचण्ड माधव समुह पनि चुकेका थिए, आज असंवैधानिक कदमका विरुद्ध सड्कमा आउँनुप¥यो, नेता भुसालले भन्नुभयो ।

नेकपाका दुई समुहले आफ्नो सभामा जनतालाई उपस्थित गराउन यातायात, खाना, भत्ता आफ्नो खल्तीबाट नदिएको र राज्यको ढुकुटीबाट दिएको बताउँदै उहाँले नेपाली नागरिकको टाउकोमा ऋणको भारी बोकाएको आरोप उहाँले लगाउँनुभयो ।