सिंहदरबार छोडेर बालकोट गएर बस्न प्रधानमन्त्रीलाई काँग्रेस नेतृ भुसालको सुझाव

1099

घनश्याम पौडेल
अर्घाखाँची, ३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको लडाईका कारण सनकको भरमा संसद भंग गर्न नपाउने बताईन ।

नेपाली काँग्रेस अर्घाखाँचीले सन्धिखर्कमा गरेको सरकारविरुद्धको प्रदर्शनमा नेतृ भुसालले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई नै खतरामा पार्न खोजेको आरोप लगाईन ।

काँग्रेस संसदिय दलका सचेतक समेत रहनुभएकी भुसालले ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । प्रधानमन्त्री ओलीको निरंकुशता प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाईन ।

नेकपाभित्रको समस्या समाधान गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनतालाई सास्ती दिने काम गरेको नेतृ भुसालले टिप्पणी गरिन् ।

नेतृ भुसालले ‘नेपाली जनताले दिएको ५ वर्ष सरकार चलाउँन सक्ने भए चलाउँनुस, नसक्ने भए सिंहदरबार छोडेर बालकोट गएर बस्न आग्रह गरिन् ।

नेतृ भुसालले निर्मला पन्तको हत्यारा पत्ता लगाउन समुन्द्रभित्र जान नपर्ने बताउँदै पन्तका हत्यारालाई समुन्द्रभित्र गएर भएपनि अपराधिलाई पक्रिएर सजाए दिने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई कटाक्ष गर्दै नेतृ भुसालले निर्मला पन्तको कपडामा भएको प्रमाण नष्ट गर्ने र प्रमाण नष्ट गर्न आदेश दिने व्यक्ति को हो ? भनेर प्रहरीलाई सोधे मात्र हत्यारा पत्ता लाग्ने बताईन ।

प्रधानमन्त्री ओलीले म भ्रष्टचार गर्दिन र गर्न पनि दिन्न भन्ने तर उल्टै भ्रष्टचारीको संरक्षण गर्दै हिड्ने, यो कस्तो लोकतान्त्रिक व्यवस्था हो ?उनले भनिन् ।

नेकपाभित्रको समस्या समाधान गर्न नसकेर प्रधानमन्त्री ओलीले संसद विघटन गरेर जनतालाई सास्ती दिने काम गरेको टिप्पणी गरिन् ।