सरकारविरुद्ध अर्घाखाँचीको सन्धिखर्कमा काँग्रेसको प्रदर्शन (तस्विर, भिडियो सहित)

244

सुमित्रा पौडेल
अर्घाखाँची, ३ फागुन । नेपाली कांग्रेस अर्घाखाँचीले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपि स्मृति भवन सन्धिखर्कबाट निस्किएको ¥याली टुडिखेल, बैंकरोड, मिडियाचौक हुदै चुत्रावेसी बजार पुगेर पुनः शान्ती बँगैचामा आई विरोध सभामा परिणत भएको थियो ।

हेर्नुहोस भिडियो

विरोध सभा कार्यक्रम सभापति बिष्णु मुस्कानको सभापतित्व, उपसभापति शान्ता भण्डारीको स्वागत मन्तव्य र सचिव छविलाल पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई नै खतरामा पार्न खोजेको आरोप लगाईन ।

काँग्रेस संसदिय दलका सचेतक समेत रहनुभएकी भुसालले ‘संसद् विघटन गरेर ओलीले संविधानमाथि प्रहार गर्नुभएको छ । प्रधानमन्त्री ओलीको निरंकुशता प्रदर्शन गर्दै संसद् विघटन गरेको आरोप लगाईन ।

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले प्रतिनिधी सभाको विघटन असंवैधानिक कदम भएकाले काँग्रेसले आन्दोलन गर्नुपरेको बताए । केपी ओलीले गरेको अंसवैधानिक संसद विघटन र निर्वाचन पनि अंसवैधानिक हुने भएकाले काँग्रेसले निर्वाचनमा भाग लिन नसक्ने भुसालले बताए ।

 

 

विरोध सभामा नेपाली काँग्रेसका पुर्व सभापति पिताम्बर शर्मा, पुर्व सभापति तथा सन्धिखर्क नगरपालिका प्रमुख कमल भुसाल, तरुण दलका अध्यक्ष नारायण खड्काले मन्तव्य राख्दै सरकारको कदम अंसवैधानिक भएको बताए । सोही विरोधसभा कार्यक्रममा नेकपाका कार्यकर्ता पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।