मालारानीको बाँगीमा पन्थीको अध्यक्षतामा ५१ सदस्यीय हिन्दु जागरण युवा स्वयंसेवक गठन

297

सुमित्रा पौडेल
सन्धिखर्क, ३ माघ । हिन्दु जागरण युवा स्वयंसेवक अर्घाखाँचीले मालारानी गाउपालिका वडा नं. ५ मा सरोज पन्थीको संयोजकत्वमा ५१ सदस्य वडा कार्य समिति चयन गरेको छ ।

कार्यक्रममा हिन्दु जागरण युवा स्वंयसेवकका जिल्ला प्रतिनिधि कृष्ण भुसालले धर्मको रक्षा गर्नका लागी सबै एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा यज्ञप्रसाद पराजुलीले हिन्दु धर्मको रक्षा गर्न हिन्दुत्वहरु एकजुट भएर जिल्लाभर कार्यक्रम सञ्चालन गरेको बताए ।

कार्यक्रम हिन्दु जागरण युवा स्वंयसेवक मालारानीका अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षता, सचीव सुरज बस्नेतको सञ्चालन र गणेश भुसालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।