हिन्दुखबर संवाददाता
अर्घाखाँची, ३ माघ । राष्ट्रिय दलित संघ अर्घाखाँची शाखाको पहिलो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सागर परियारको नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरेको छ ।
जसको उपाध्यक्षमा कृष्ण परियार, सचिवमा आयान विक, सहसचिवमा गणेश हिताङ, कोषाध्यक्ष सारदा नेपाली सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले दलित पत्रकारहरुमा योग्यता, क्षमता र दक्षता हुँदा हुदै पनि उचित ठाउँ नपाएको बताए ।
राष्ट्रिय दलित पत्रकार संघ सबै अट्ने साझा चौतारी भएको बताउँदै दलित समुदायहरुको हक र अधिकार प्राप्तिका लागि संस्था जन्मिएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हिम बहादुर जिसी, नेपाल पत्रकार महासंघका जिल्ला सचिव सुर्य प्रसाद भुसाल, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसी, कार्यक्रममा प्रगतिशिल पत्रकार संगठनका केन्द्रीय सदस्य श्याम घिमिरे, रराष्ट्रिय दलित पत्रकार संघ रुपन्देहीका अध्यक्ष टंक सुनार, राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनि प्रदेशका अध्यक्ष चिन्ता परियार, चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक कुमार श्रेष्ठ, समता समाजका जिल्ला अध्यक्ष राजेन्द्र नेपाली, संयुक्त दलित अधिकार संजालका अध्यक्ष बिष्णु परियार लगायतले अधिवेसनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
उद्घाटन कार्र्यक्रम लुम्बिनि प्रदेश सहसचिव राधा नेपालीको अध्यक्षता, अनिल नेपालीको स्वागत र सागर परियारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।