राप्रपामा रहि देशलाइ निकास दिन सक्छु भन्ने बिश्वास राखेर राजनितिमा आएँ – केन्द्रीय सदस्य पौडेल

681

अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नम्बर ६ ठुलापोखारामा स्थायी घर भइ व्यवसायीक सिलसिलामा २०५३ साल देखि बुटवलमा बस्दै आउनु भएका सामाजिक तथा राजनितिक व्यक्तित्व आर.एल.नबिन पौडेलज्यु संग हिन्दुखबर डटकमका लागी शिबलाल पौडेलले गरेको कुराकानिमा आधारित अन्तरवार्ता !

उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँ पौडेल सेवा समाज ,नेपालका वरिष्ठ उपाध्यक्ष तथा पौडेल वंश महासंघको केन्द्रिय कार्यसमितिमा पनि आबद्ध हुनुहुन्छ साथै अन्य विभिन्न सामाजिक संघसंस्थामा पनि अग्रसर हुनुहुन्छ।

१) स्वागत छ !
धन्यवाद ।

२) तपाईं राजनीतिमा आउनुको मुख्य कारण के होला?
मेरो आफ्नो स्वभाबले पनि होला सानो देखिनै समाजमा भएका हरेक गतिविधिमा मेरो ध्यान जान्थ्यो,२०४६ सालको परिवर्तन हुँदा म केही बुझ्न सक्ने भएको थिएँ। देशमा ठुलै परिवर्तन भएको,देशले अब ठूलो फड्को मार्ने लगाएतका कुराले मलाइ अवश्य पनि खुशी बनाएको थियो तर त्यसपछिका विभिन्न राजनैतिक दलहरुका गतिविधिले देशलाई त्यस्तो केही उपलब्धि हासिल गर्न सकेनन् बरु देशलाइ नै बर्षौ पछाडी धकेल्ने गरि माओवादी जनयुद्धको सुरुवात भयो । उक्त युद्धले देशमा भएका भौतिक संरचना मात्र नष्ट गरेन देशमा व्यक्तिहत्या देखि देशको मौलिक धर्म संस्कृती समेत नष्ट गराइयो। यसै बिचमा बाहिर भएका असफल राजनैतिक दल र युद्धमा भएको माओवादी बिच दिल्ली सम्झौता भनेर चिनिने १२ बुदे सहमती भयो। माओवादीले गाउँ गाउँ बाट उर्दि जारी गरि पठाउने र राजनैतिक दलले झुट्टो आश्वासन बाँढेर जनतालाइ फेरि आन्दोलनको भुमरीमा होमे।आन्दोलनको कैयौं दिनसम्म पनि केको लागि आन्दोलन गरेका छौँ भन्ने थाहा नपाएका जनतालाइ आन्दोलनको बिचमा पुर्याएपछि राजसंस्थालाई बिरेन्द्रपरिवारको आरोप रटाइ बिदेशीको बर्षौदेखिको कुयोजनामा पुर्णता दिए।बिचरा जनतालाइ खोलाको बिचमा पुर्याएर वारिकी पारी भनेर अलमलाए।आखिर जनता पारी पुग्न बाध्य भए किनकी पछाडी जनयुद्ध नामको हिंश्रक पहाड थियो भने अगाडी झुट्टो आश्वासनको ललिपप यसरी जनतालाइ पाशोमा थापेर आफू र आफ्नो आफन्त र परिवारको अभिष्ट पूरा गर्न थाले। आफ्नो केबल स्वार्थको लागि देशको राष्ट्रियता माथी यसरी खेलिरहेको एक नेपाली युबाले हेरेर बसिरहन मनले मानेन अन्तत : राष्ट्रको एकमात्र मौलिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहि देशलाइ निकास दिन सक्छु भन्ने बिश्वास राखेर राजनितिमा आएँ।

३)तपाई हिन्दुराष्ट्र र संबैधानिक राजसंस्थाको वकालत गर्ने मान्छे यसबारे तपाईंले यसको औचित्यता स्पष्ट पारिदिनुस ?

धन्यवाद अति महत्त्वपूर्ण प्रश्नको लागि।तपाईं आफै पनि धार्मिक अभियन्ता भएकोले मेरो जबाफलाई अन्तरआत्माबाट बुझ्नु हुनेछ।नेपालमा ८४% हिन्दु धर्मावलम्बी तथा ९४% सनातन धर्म मान्ने जनसमुदाय छन्।यस अर्थमा हिन्दुधर्म किन र कसकालागी भन्ने कुरा प्रष्ट हुन्छ। धर्म निरपेक्षताको कुरा कोहि जनता संग परामर्श नगरी बिदेशि चाहनामा बिचबाटै घुसाइएको हो।हामीले सबै धर्मलाइ समान सम्मान हुने गरि हिन्दुराष्ट्रको परिकल्पना गरेका हौ।हिन्दुधर्मको चाहना नेपालका बुद्ध धर्मावलम्बी तथा मुस्लिम समुदायका अगुवा समुदायले पनि गरेको पाइन्छ।किनकी हिन्दुधर्ममा जस्तो धार्मिक स्वतन्त्रता अन्य कुनै धर्ममा देखिदैन।कुरा रह्यो राजसंस्थाको बारेमा। सबैलाइ थाहा भएको कुराहो सिङ्गो नेपालको निर्माण राष्ट्रपिता पृथ्वीनारायण शाह द्वारा भएको हो ।हामिले हामि नेपाली भनेर शिर ठाडो पारेर हिड्न पाएको पक्कै पनि राजसंस्थाकै योगदान हो।राजसंस्थाले कहिले पनि देशको अहित गर्दैनन भन्ने इतिहास देख्न सकिन्छ।हिमाल ,पहाड तराईको साझा संस्था राजसंस्था हुनेमा दुइमत छैन। अर्कोकुरा बर्तमान राष्ट्रपति केबल एक पार्टी तथा त्यही पार्टीको एक गुटको मात्र हुनेरहेछ भन्ने त प्रमाणित भैसकेको छ तसर्थ संवैधानिक राजसंस्था आजको अपरिहार्य आवश्यकता हो

४)बर्तमान राष्ट्रिय राजनीतिको बारेमा हजुरको धारणा के छ ?
नेपाली जनताको दुर्भाग्यको कुरा हो कि ठूलो आशा लिएर जनताले दिएको दुइतिहाइ मतको कदर गर्न सकेनन् ।सरकारका गतिविधि र प्रगतिको बारेमा त हामिले केही भन्नू पर्दैन आफै आफै एकअर्कालाई गरेको आरोप प्रत्यारोप बाटै थाहा हुन्छ ।आफै आफै एकआपसका पोल खोल्दै छन ।सर्पले सर्पको खुट्टा देख्छ भनेजस्तै आफ्ना कर्तुत खोल्दै छन। करोडौं रकम खर्चदैँ जनता बटुल्ने प्रतिष्पर्धा गर्दैछन।त्यो पैशा कसैको खल्ती बाट निकालेको होइन।कहिँ न कहिँ नेपाली जनताको पसिनाको कमाइ गएको छ।अहिले भएका हरेक गतिविधि कुनै राजनीतिक गतिविधि नभै विल्कुल व्यक्तिगत स्वार्थ र कुर्चिको लागि हो भन्ने मेरो बुझाइ हो।

५)संसद विघटन हुनुमा तपाईंको पार्टी राप्रपाको आधिकारिक धारणा के हो?
नेपालको हालको संविधानमा हाम्रो पार्टी राप्रपाको आलोचनात्मक समर्थन रहेको छ। सरकारको एक पक्षबाट भएको कदम पुर्णतः असंवैधानिक हो भन्नेमा हाम्रो पार्टीको धारणा छ तथापि यी गलत कदमको बिचमा जनताको बिचबाट निकास दिने भन्ने कुरामा हामी बिश्वास गर्दछौँ । सरकारका दुई पक्ष आलोचनामा आफै आफै समय बिताउदै गरेका बेला हामी संगठन निर्माण ,पार्टीको अधिबेशन तथा भैपरी आउने चुनावको तयारिको द्रुत गतिमा लागेका छौँ । सम्मानित अदालत बाट आएको निर्णय अनुसार हामी तयारी अवस्थामा छौँ ।

६)नेपालमा अब राप्रपालाई बलियो पार्टी बनाउने भनेर लाग्नुभएको छ।केके छन् भाबी योजनाहरु?
अबसश्य पनि हामी राप्रपालाई देशकै अग्रणी पार्टी बनाउने अभियानमा छौँ ।अब अत्ति भैसक्यो परिवर्तनका कैयौँ बर्षहरु एकआपसका लडाइँमा बित्यो।देशमा भएका कलकारखाना कौडिको भाउमा बेचियो।धर्म संस्कृति मेट्न बिदेशी संस्थासंग करोडौं डलरको सौदा गरे।मुक्तिको लागि भनेर लडेका युबाहरु खाडिको तातो घाममा पसिना बगाउन बाध्य छन।अब राप्रपाले झुट्टा आश्वासन होइन नेपालकै धर्म, संस्कृति ,स्रोत ,साधनलाई प्रयोग गर्दै हरेक नेपालिले नेपालमै गरिखान सक्ने गरि समृद्ध नेपालको निर्माण गर्नेछौं इच्छाशक्ति भए नेपाल समृद्ध हुन धेरै बर्ष लाग्दैन।

७)तपाईं पौडेल वंश महासंघको केन्द्रीय सदस्य हुनुहुन्छ ? यो महासंघको उद्देश्य र आवश्यकता के छ ? यो संस्थाले केके कार्य गर्छ ?

एकदम राम्रो र सान्दर्भिक कुरा सोध्नु भयो। हामी एउटा संस्था “पौडेल सेवा समाज,नेपाल ” स्थापना गर्यौ,जुन संस्थामा बरिस्ठ उपाध्यक्ष पनि छु। यस संस्था मार्फत देशका विभिन्न ठाउँमा घुमियो।नेपालभरिका पौडेल बन्धुहरुलाइ एकबद्ध गर्ने उदेश्यले हाम्रो यात्रा थियो।तर यसक्रममा देशभरी नै छरिएर विभिन्न संस्था हरु रहेछन्।सबैका आफ्ना आफ्ना चलन ,अलग अलग पुजा पद्धति रहेछन।यति सम्मकी कुलपुजाको खास के पुजा गरिन्छ भन्ने सम्मको जानाकरी रहेनछ ।कसैलाइ थाहा भएपनी गलत किसिमको संस्कार रहेछ। कसैले कुलपुजा भनेको पितृको पुजा भने,कसैले कुलदेवताको पुजा हो भने।कमसेकम पुजा विधि अलग भएपनी के को पुजा सम्म त एकरुपता हुनुपर्ने थियो। यी बिबिध कुरालाइ समेट्नको लागि एउटा छाता संगठन नै चाहिने रहेछ जसले यसरी छरिएर रहेका विभिन्न समूह तथा संस्थालाइ एकरुपता दिई संसार भर छरिएर रहेका पौडेल लाई एउटै छानामुनी ल्याउन सक्ने गरि महासंघको अबधारणा ल्याएका हौँ।अब पौडेल बन्धुहरुको साझा पुजा पद्धति र एउटै बंशावली निकाल्ने तयारिमा छौँ।

८) अन्त्यमा आम नेपाली तथा अर्घाखाँची बासिलाइ के भन्न चाहनु हुन्छ ?

यस लोकप्रिय पत्रीकामा केही कुरा राख्न दिएकोमा हिन्दुखबर डटकम परिबारलाइ बिशेश धन्यवाद दिन चाहन्छु ।अब अत्ति भैसक्यो।जनता अब बुझ्ने भैसक्नु भयो। हाम्रो पार्टीको सर्बोच्च भनेको जनता हो। अब झुट्टो आश्वासनको पछि नलागी नेपालको एक मात्र मौलिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जिताउनु हुनेछ ।नेपाली जनताको आशा र भरोसालाई कहिले निराशा बनाउने छैनौ भन्ने प्रतिबद्धता गर्दछु । धन्यवाद ।