अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको होइन : नेता थापा

300

चितवन । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद् पुनःस्थापनाको नभएको बताएका छन् । नेपाली कांग्रेस चितवनले सरकारविरुद्ध आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले कांग्रेसको एजेण्डा संविधान जोगाउने रहेको बताए ।

May be an image of one or more people, people standing, crowd and outdoors

संविधान कांग्रेसको मात्र विधान नभएर सिङ्गो देश एक भएर लेखिएको दस्तावेज भएको बताउँदै भने, “संविधानमा कांग्रेसको असहमति भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताए ।

सभामा केन्द्रीय सदस्य सरिता प्रसाईंले देश अप्ठ्यारोमा पर्दा कांग्रेसले नै निकास दिएको बताए ।

May be an image of 2 people, people walking, people standing, sky and crowd

कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले कांग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दाबी गरे ।

May be an image of 6 people, people standing and outdoors

विरोधसभा अघि कांग्रेस चितवनले हाकिम चोकको केन्द्रीय बस ट्रमिनलदेखि चौबिस कोठीसम्म विरोध प्रदर्शन गरेको थियो ।

May be an image of one or more people, people standing, outdoors and crowd