त्रिभुवन विश्वविद्यालयको डिग्री संसारमा विक्री हुन्छः डिन डिल्लीराज शर्मा

237

घनश्याम पौडेल
अर्घाखाँची, ४ फागुन । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुको महत्व विश्वभर रहेको बताउँनुभएको छ । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसको निरिक्षण गर्र्दै शर्माले त्रिभुवन विश्वविद्यालयको डिग्री संसारमा विक्री भएको डिन शर्माले बनाउँनुभयो ।

पाणिनी बहुमुखी क्याम्पसले अर्घाखाँचीसँगै देशको पहिचान बनाएको शर्माले बताउँनुभयो । पव्लीक क्याम्पसमा राज्यको लगानी ठुलो नहुने, विश्वविद्यालयबाट पनि सहयोग गर्न नसक्दा पनि पाणिनी बहुमुखी क्याम्पसको उचाई बढी रहेको भन्दै क्याम्पसको प्रगतिको लागी शुभकामना व्यक्त गर्नुभयो ।

स्थानिय सबै क्षेत्रको सहयोगबाट क्याम्पस राम्रोसँग सञ्चालन भएकोमा शुभकामना व्यक्त गर्दै त्रिभुवन विश्वविद्यालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउँनुभयो ।

पाणिनी बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख वुद्धिराम भुसालले पाणिनी बहुमुखी क्याम्पसको बारेमा जानकारी गराउँनुभएको थियो ।