४८ जना विद्यार्थीलाई पाणिनी बहुमुखी क्याम्पसमा छात्रवृत्ति वितरण (तस्विर सहित)

543

घनश्याम पौडेल
अर्घाखाँची, ४ फागुन । अर्घाखाँची जिल्लाको पाणिनी बहुमुखी क्याम्पसमा सरस्वती पुजा, छात्रवृत्ति तथा पुरस्कार वितरण सम्पन्न भएको छ ।

धार्मिक विधिअनुसार पाणिनि क्याम्पसमा गरियो सरस्वती पुजा भिडियोः

सरस्वती पुजाको अवसर पारेर पाणिनी बहुमुखी क्याम्पसमा विभिन्न नाममा स्थापना भएका अक्षयकोष शिवलाल–बालकुमारी स्मृति अक्षयकोषका संरक्षक गणेश पौडेलको उपस्थितीमा वितरण गरिएको हो ।

उहाँले १ लाख ५१ हजार १ सय ११ रुपैँयाको अक्षयकोष स्थापना गर्नुभएको छ । त्यस्तै १ लाख ५० हजार रुपैँयाको पवित्रा स्मृति अक्षयकोषका संरक्षक भोजराज भुसालको उपस्थितीमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । १ लाखको पर्सुराम छमकला अक्षयकोषका संरक्षक जिवनारायण खनाल, २५ हजारको विपन्न तथा असहाय अक्षयकोषका संरक्षक विजुला रायमाझीको उपस्थितीमा विद्यार्थीहरुलाई वितरण गरिएको हो ।

पाणिनी बहुमुखी क्याम्पसमा स्थापना भएका अक्षयकोष र प्रदेश सरकारबाट प्रााप्त छात्रवृत्ति गरी ४८ जना जेहेन्दार, गरिब, विपन्न, अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको सहायक क्याम्पस प्रमुख बाबुराम शर्माले बताउँनुभयो ।

पाणिनी बहुमुखी क्याम्पसमा अतिरिक्त क्रियाकलाप अन्र्तगत सञ्चालन भएका हाजिरजवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगितामा प्रथम, दृतिय, तृतिय र शान्तव्नालाई पुरस्कार पनि वितरण गरिएको थियो ।

कार्यक्रममा पाणिनी बहुमुखी क्याम्पस सञ्चालक समिती सदस्य ऋषव अधिकारी, स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष लक्ष्मण खड्का लगाएतले क्याम्पसको उन्नतीको लागी शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम पाणिनी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वुद्धिराम भुसालको अध्यक्षता, रामलाल भुसालको सञ्चालन र धर्मराज भुसालको स्वागतमा सम्पन्न भएको हो ।