हिन्दुखबर संवाददाता
अर्घाखाँची, ४ फागुन । नेपाल शिक्षक संघ छत्रदेव गाउँपालिका वडा नं. २, ३ र ४ को वडा समितिको अधिवेशन आज सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ छत्रदेब ४ का अध्यक्ष डिल्लीराज भुसालको अध्यक्षतामा सम्पन्न भएको भेलाले वडा नं. २, ३, ४ को कार्य समिती गठन गरेको हो ।

नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सहसचिब कृष्ण खनालको प्रमुख आतित्यथामा भएको भेलामा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कृष्ण प्रसाद पौडेल, जिल्ला कार्य समितिका उपाध्यक्ष नेत्र प्रसाद पोख्रेल, जिल्ला कार्य समितिका सचिब अर्थ कृष्ण प्रसाद अधिकारी र छ्त्रदेब नेपाल शिक्षक संघका अध्यक्ष कैलास कुमार श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

भेलाले छत्रदेव गाउँपालिका वडा नं. ४ को वडा कार्यसमितिको अध्यक्षमा मित्रमनी खनाल, उपाध्यक्ष साबित्रा पन्थी, शोभित मल्ल, सचिब रुद्र प्रसाद पौडेल, सचिब अर्थ लिलाधर पान्डे, सहसचिब दुर्गा श्रेष्ठ, खिमानन्द भुसाल, सदस्यमा राधा पान्डे, सिताकुमारी पौडेल, बिमला खनाल र कृष्ण प्रसाद पौडेल रहनु भएको छ ।

त्यसैगरी छत्रदेव ३ मा अध्यक्षमा लक्ष्मण सापकोटा चयन हुनुभएको छ । जसको उपाध्यक्ष सिता काफ्ले, सचिव पोमनारायण आर्चाय, अर्थ सचिव कमला खनाल, सहसचिव पम्फा पाण्डे, सदस्यहरूमा होमनाथ पन्थी, तारा मरासिनी, देबकला पाण्डे र ठाकुर सापकोटा रहनुभएको छ ।

वडा नं. २ को अध्यक्षमा यमलाल पान्डे र उपाध्यमा शान्ता पौडेल चयन रहनुभएको छ । कार्यक्रम नेपाल शिक्षक संघ छत्रदेबका सचिब ज्ञान प्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।