दाङ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले धर्मको विषयमा जनमत सङ्ग्रह हुनुपर्ने भन्दै महामन्त्री कोइरालाले कांग्रेस सरकारका गएमा यो मुद्दालाई लिएर जनमत सङ्ग्रह गराउनेसमेत बताउनुभयो ।

‘धर्म निरपेक्ष र सापेक्ष नभई स्वतन्त्र हुन्छ । संविधानमा धर्मलाई निरपेक्ष भनेर उल्लेख गरिनु कमजोरी हो । यो विषयलाई जनतामाझ लिएर जानुपर्दछ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘कांग्रेसको सरकार भएमा हामी यो मुद्दालाई उठाउँछौँ ।’

अहिलेको परिस्थितिमा आउँदो वैशाखमा चुनाव हुन नसक्ने बताउनुभएको छ ।  वैशाखमा चुनाव हुनै नसक्ने दाबी गर्नुभयो । अब वैशाखमा चुनाव हुन नसक्ने हुँदा पार्टीको प्राथमिकता महाधिवेशनमा हुनुपर्ने कोइरालाको भनाइ रहेको छ ।

नेपाल प्रेस युनियन दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले उहाँले जति सक्यो चाँडै पार्टीको क्रियाशील सदस्यता टुङ्गो लगाएर महाधिवेशनमा जुट्नुपर्ने बताउनुभयो ।

पार्टीलाई एकताबद्धसँगै आउँदो चुनावमा देशको प्रमुख पार्टी बनाउनका लागि जतिसक्यो चाँडै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको नेता कोइरालाले बताउनुभयो । ‘केपी ओली सरकारले वैशाखमा चुनाव गराउन सक्दैन, चुनाव मङ्सिर–पुस महिनातिर मात्र सम्भव छ’, महामन्त्री कोइरालाले भन्नुभयो, ‘त्यसैले कांग्रेस नहुने चुनावको पछि लाग्नु हुँदैन बरु पार्टीको महाधिवेशनमा ध्यान दिऔँ ।’