शितगंगा नगरपालिका वडा नं. ११ को वडा कार्यालय भवन शिलन्यास

370

गणेश बेल्बासे संगम
अर्घाखाँची, ४ फागुन । अर्घाखाँची जिल्लाकाे नगरपालिका  वडा नम्बर ११ काे कार्यालयको निर्माण गरिने भएको छ । भवनकाे शिलान्यास शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले गर्नुभएकाे हाे ।

शितगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले आज मंगलबार भवन शिलन्यास गर्दै आफूहरू योजनाबद्ध र दिगो विकासका योजनासहित अगाडि बढिरहेको बताउनुभयो । नगरको आन्तरिक स्रोत र साधनकाे अभावमा साेचे अनुसारकाे विकास गर्न नसकेपनि चरणबद्ध विकास निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । नगरपालिकाको विकासमा साथ सहयोग गरेकाेमा वडाबासीप्रति आभार व्यक्त गर्नु भयो । साथै उहाँले कार्यालय भवन निर्माण गर्न जग्गादान गर्ने दातालाइ सम्मान व्यक्त गर्नुभयाे ।

कार्यक्रममा वडा अध्यक्ष कपिल आले, वडा सदस्य इन्द्र बहादुर पल्ली, वडा सदस्य गणेश पुलामी, स्थानिय समाजसेवी, बुद्धिजिवीहरूकाे उपस्थिती रहेकाे थियाे ।