भागरथी हत्या प्रकरणः आरोपित दिनेश भट्ट पक्राउ, घाइते गराएर बलात्कारपछि घाँटी थिचेर हत्या

388

कैलाली । २१ माघमा विद्यालयबाट घर फर्कँदै गरेकी बैतडीे दोगडाकेदार गाउँपालिका(७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार तथा हत्याको १३ दिनपछि प्रहरीले आरोपीलाई पक्राउ गरी आज सार्वजनिक गर्ने भएको छ ।

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार आज नै सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रहरीले भागरथीको हत्यामा सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत युवक रहेको र उनले वलात्कार र हत्या गरेको स्वीकारेको प्रहरी भनाई छ ।

२१ माघमा बलात्कार र हत्या भए पनि त्यसको भोलि साँझ ५ बजे मात्रै लवलेक जङ्गलको बाटोभन्दा करिब ७० मिटर तल बनमाराको झाडीभित्र भागरथीको शव फेला पारेको थियो ।
आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएको प्रहरी स्रोतले बताएको छ ।

बलात्कार पछि घाँटी थिचेर हत्या गरेको प्रहरी अधिकारी बताउँछन् । भागरथीको बलात्कार पछि घाँटी थिचेर हत्या गरेको पोस्टमार्टम रिपोर्टले समेत पुष्टि गरिसकेको छ ।