बुटवल, ५ फागुन । लियो क्लब अफ बुटवल सेन्ट्रलले बृद्धाश्रममा खाना खुवाएको छ । क्लबले बुटवल उपमहानगरपालिका वडा नं २ मा रहेको सिद्धवावा दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा खाना खुवाएको क्लबका सचिव विशाल पाण्डेले जानकारी गराएका छ ।

क्लबले डिस्ट्रिक ३२५ वि टु लाई अन्तराष्ट्रिय लायन्सबाट खाना अभियानका लागि प्राप्त भएको अनुदानबाट खाना खुवाएको क्लबका अध्यक्ष चिरन अर्यालले बताए ।

कार्यक्रममा लायन्स अध्यक्ष निरज के।सी, लायन्स कोषाध्यक्ष सुरेश ज्ञवाली, लियो रीजन १३ चेयरपर्सन सन्तोष खरेल लागाएतको उपस्थिति रहेको थियो ।