पाणिनी र क्लाराको वार्षिक उत्सव आश्रममा

95

बुटवल । पाणिनी कलेज अफ हस्पिटालीटी र क्लारा इन्टरनेशनल लुम्बिनीले मानव सेवा आश्रममा वार्षिक उत्सव मनाएको छ । बुटवल ८ सुख्खानगरमा रहेकाे आश्रममा मनाएकाे हाे ।

आश्रमका करिब २ सय जना वृद्ध, महिला तथा बालबालिकालाई खाना खुवाएको पाणिनी कलेज अफ हस्पिटालीटी प्रशासनिक प्रमुख जनकराज भुसालले जानकारी दिए ।

पाणिनी कलेजको दोस्रो तथा क्लारा इन्टरनेशनलको पहिलो वार्षिक उत्सवको अवसरमा संस्थाले गत वर्ष पनि यसै आश्रममा मनाएकाे थियाे ।आश्रममा
नगद पन्ध्र हजार आर्थिक सहयोग गरेको पाणिनी कलेज अफ हस्पिटालीटीका प्रमुख देवराज शर्माले जानकारी दिए । पाणिनी कलेज अफ हस्पिटालीटीले बिभिन्न सामाजिक कामहरु पनि गर्दै आएकाे छ ।