शितगंगामा दोस्रो चरणमा आज २५० जनालाई कोरोना विरुद्धको खोप

257
File photo

हिन्दुखबर संवाददाता
शितगंगा, ६ फागुन । दोस्रो चरणमा कोरोना विरुद्धको खोप शितगंगा नगरपालिकामा लगाईएको छ । नगरपालिका भित्रका जनप्रतिनिधि, सुरक्षाकर्मी तथा सञ्चारकर्मी हरुले आज दोस्रो चरणमा कोरोना विरुद्धको खोप लगाएका छन ।

शितगंगा नगरपालिकामा पहिलो चरणका स्वास्थ्यकर्मी स्वंयमसेविकाहरुले कोरोना बिरुद्धको खोप लगाए सँगै आज दोस्रो चरणमा २५० जनाले कोरोना बिरुद्धको खोप लगाएको शितगंगा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण पौडेलले बताउँनुभयो ।

आज नगर प्रमुख सुर्य प्रसाद अधिकारी तथा वडा अध्यक्ष कार्यपालिका सदस्यहरुले खोप लगाएका छन यस्तै नेपाल प्रहरिहरु तथा सरकारी कर्मचारीहरुले समेत कोरोना खोप लगाएका हुन ।

खोप लगाए पछि ज्वरो आउने टाउको दुख्ने जस्ता लक्षण देखिन सक्ने भएकोले नआत्तिन डाक्टरहरुले सुझाव दिएका छन । अन्य स्वास्थ्य समस्या हुन सक्ने भन्दै अस्पतालमा चिकित्सक सहित उपचारको व्यवस्थापन सहित तयारी गरिए पनि खोप लगाउनेहरुमा कुनै समस्या नआएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस अघि नगरपालिकाका अग्रपंक्तिमा रहने स्वास्थकर्मी सरसफार्इकर्मी लगायतका लागि पहिलो चरणमा १६० जनामा खोप लगाएक थिए ।