नागरिकता लिएर बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूह

110

काठमाडौं । आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ ।

आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने तयारीमा छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा संसद् विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजन भएको थियो । तर, दुई महिना बित्दा पनि कानुनी लडाइँ निर्वाचन आयोगले टुंग्याएको छैन । आफना पक्षका केन्द्रीय सदस्यहरुलाई आज दिउसो नेकपाको पार्टी कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको एक नेताले बताए ।

त्यसका लागि पार्टीका सबै केन्द्रीय सदस्यलाई नागरिकतासहित आज शुक्रबार दिउँसो १२ बजे पार्टी कार्यायल पेरिसडाँडा बोलाइएको छ । एक केन्द्रीय सदस्यका अनुसार सबै केन्द्रीय सदस्यलाई दिउँसो १२ बजे पार्टी कार्यालय पेरिसडाँडामा पुग्न भनिएको छ ।

उनका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा उपस्थित भएर १ बजे निर्वाचन आयोग जाने योजना छ । प्रचण्ड–नेपाल समूहले आयोग सरकारको दबाबमा परेर निर्णय लिन हिच्किचाएको बताएको छ ।

दुई महिना बित्दा पनि आयोगले नेकपा विवादबारे कानुनी र आधिकारिकताको निर्णय नलिएको भन्दै प्रचण्ड(माधव समूह रुष्ट बनेका छन् । आयोगले नेकपा विवादलाई थाती राखेर निर्वाचन तयारी थालेपछि दाहाल नेपाल समूह पुनस् आयोग जान थालेको हो ।

पार्टी विभाजन हुनु अघिको केन्द्रीय कमिटीको ४४१ थियो । यो समूहले निर्वाचन आयोगमा वैधानिकताको दाबी गर्दै २८७ जनाको नाम बुझाएको छ ।

आयोगले नेकपा र सूर्य चिन्ह फ्रिज गर्न थालेको समाचार प्रकाशमा आएकै बेला दाहाल(नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर आयोग जाने भएको हो ।