निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदै

242

काठमाडौं । ‘निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने नाराका साथ निर्वाचन आयोगले आज पाँचौं निर्वाचन दिवस मनाउँदैछ ।

नेपालमा २०१५ साल फागुन ७ गते आम चुनाव सुरु भएर बालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरणमा २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे प्रतिनिधिसभा सदस्यको चुनावमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गर्नुभएको छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, नागरिकमा निहित सार्वभौमसत्ता, बालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा चुनावको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले चुनावको व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आफ्नाे स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ ।