प्रजातन्त्र दिवसको अवसरमा तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

173

काठमाडौं ।
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

तरुण दलले शुक्रबार बिहान एक कार्यक्रमका बीच लगनखेलस्थित प्रतिष्ठानलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदान गरेको हो ।

अध्यक्ष जीतजंग बस्नेतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) का रजिस्ट्रार प्रोफेसर डा. पारस आचार्यलाई २५ सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड प्रदाद गरिएको जानकारी दिए ।

जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर उक्त स्वास्थ्य सामग्री प्रदान गरिएको उनले बताए ।