हिन्दुखबर संवाददाता
अर्घाखाँची, ७ फागुन । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले ‘विकासका लागि सञ्चार’ नामक स्मारिकाको विमोचन गरेको छ ।

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर विमोचनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले विमोचन गर्नुभएको छ ।

बिमोचन समारोहमा बोल्दै काँग्रेस नेतृ भुसालले ‘लोकतन्त्र, गणतन्त्र ल्याउँनमा महत्वपुर्ण भुमिका रहेको पत्रकारिता क्षेत्रलाई घाटी निमोठ्ने गरी सरकारले कुण्ठीत गर्न खोजेको आरोप लगाउँनुभयो।’ उहाँले सरकारले पत्रकारको हक र हितका लागी कुनै काम नगरेको आरोप लगाईन ।

कार्यक्रममा नेपाल प्रेस युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले ‘पत्रकारहरुको हक र हितका लागी युनियन सधै प्रतिवद्ध रहेर काम गरेको बताउँनुभयो।’ उहाँले पत्रकार महासंघको अबको नेतृत्व युनियनले लिनै भन्दै युनियनभित्र गुटबन्दीको राजनिती नभएको बताउँनुभयो।’

कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रीय सदस्य रेवतीप्रसाद भुसाल, नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु मुस्कान, प्रेस युनियनका केन्द्रीय कोषाध्यक्ष सरोज अधिकारी, सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल, पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, केन्द्रिय सदस्य जैंसिंह केसी, कल्पना शर्मा, कपिलवस्तु युनियनका अध्यक्ष गोपाल भण्डारी, रिपोर्टस क्लब प्रदेश नं. ५ का संयोजक रामकुमार क्षेत्री, प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, नेकपाका नेता रामबहादुर चौहान, श्रीकृष्ण भुसाल, जनमोर्चाका अध्यक्ष थम्मन केसी, प्रेस संगठनका प्रदेश संयोजक शोभाखर पन्थी, प्रेस संगठनका हृदय भुसाल, जनपत्रकार संगठनका अनिल नेपाली, प्रेस नेपालका दिनेश सुनार, दलित पत्रकार संघका सागर परियार लगाएतले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष विरेन्द्र केसीको अध्यक्षता, सचिव विष्णु खनालको सञ्चालन र उपाध्यक्ष सरिता भुसालको स्वागतमा सम्पन्न भएको हो ।