स्व. सुशील कोईराला विकास पत्रकारिता पुरस्कारबाट भुसाल पुरस्कृत

318

हिन्दुखबर संवाददाता
अर्घाखाँची, ७ फागुन । नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्व. सुशील कोईराला विकास पत्रकारिता पुरस्कारबाट सुर्यप्रसाद भुसाललाई पुरस्कृत गरेको छ ।

नेपाल प्रेस युनियनका पुर्व अध्यक्ष समेत रहनुभएका भुसाललाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको हो । उहाँलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रेस युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले सम्मानित गर्नुभएको हो ।

प्रेस युनियन अर्घाखाँची शाखाले स्व. विपी कोइराला संघर्षशील उत्कृष्ट पत्रकारिता पुरस्कार, स्व. कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार, स्व. गिरिजाप्रसाद कोइराला शान्ति पत्रकारिता पुरस्कार, स्व. गणेशमान सिंह पत्रकारिता पुरस्कार, स्व. सुशील कोइराला विकास पत्रकारिता पुरस्कार, स्व. भक्तिराम घिमिरे सृजनशील पत्रकारिता पुरस्कार (जेठा छोरा विनोद घिमिरे) द्वारा रू. ५० हजार राशिको अक्षयकोष स्थापना, स्व. जेदकुमारी खड्का सृजनशील पत्रकारिता पुरस्कार (नाति वीरेन्द्र केसी) द्वारा रू. ५० हजार राशिको अक्षयकोष स्थापना, स्व. बिकमला खनाल मानवअधिकार उत्कृष्ट पत्रकारिता पुरस्कार कांग्रेस सभापति विष्णु मुस्कानको आमाको नाममा स्थापना, नेपाल प्रेस युनियन कल्याणकारी कोष स्थापना गरेको छ ।

त्यस्तै प्रेस युनियन अर्घाखाँचीले १९ जना पत्रकार, ८ वटा रेडियो र ४ वटा अनलाइनलाई सम्मान गरेको छ ।