बद्रीप्रसाद भट्टराई – विजयको साक्षी अथक प्रयास हो भन्ने कुरामा विश्व इतिहास सहमत छ।अथक प्रयासलाई दबाएर राख्न खोज्नु या तेसबाट जन्मनेपरिणामबाट आँखा चिम्लनु आफ्नो आँखामा पट्टी बाधेर विश्व नै छैन भन्नु जत्तिकै हो।सधैभरि अर्कालाई फुल्याउन वा डराउन सकिन्छ भन्ने कुरामा बिश्वस्त विश्वका तानाशाहहरूको पतन नै यसको प्रबल उदाहरण हो।
तानाशाह राजा महाराजा मात्र हुन्छन भन्नु होईन,तानाशाही प्रवृत्तिका पक्षधर “म खाऊँ मै लाऊँ….”भन्ने आत्मवादी नै तानाशाह हुन्।यस्तो प्रवृत्ति साधारण परिवारको सदस्यदेखी लिएर परिवार,समाज,प्रान्त,राष्ट्र एवं विश्वको संञ्चालक कुनैमा पनि हुन सक्छ, तर यो अवश्यम्भावी हो जसको नियत दुषित हुन्छ तेसको अन्ततोगत्वा सर्वनाश नै हुन्छ। विश्वको सम्पूर्ण संघठन, धर्मावलम्बी, पोपपादरी, राजनीति, राजतन्त्रको परिभाषा र राजधर्मको शिक्षा नपाएका राजाहरू र आफ्नो अहंकारले विश्व विजयी बन्न चाहने सिकन्दरहरूको विनाश,सर्वनाश या पतन इतिहासको कटघरावाट सत्यले फलाकीरहेको छ।सत्यताको आवाज सुन्न नसक्ने बधिरहरूको अवनति पनि वर्तमान अतित दुवैले छलङ्गाएको छ।
अथक प्रयास र अटल विश्वास कहिल्यै पनि मर्दैन,बरू यसलाई दबाउन चाहनेहरू कुकुर मरेझै मर्दछन्। विश्वासको युद्ध विश्वकै सिंहासन हल्लाउन सक्दछ। विश्वास ,आशा र भरोसा कोक्रोले थुनेर,दाम्लोले बाधेर या वुटले अंट्ठाएर अट्ठिने चीज होइन। राष्ट्र देव भगवान् पशुपतिनाथ ! पुशुहरूका पनि पति भएर नेपालका विभिन्न विभागमा कार्य गर्ने पशुहरूको बुद्धि आज सम्म हजुरले किन नसुधारेको?के यस्तै उनीहरूका क्रियाकलापले देशको विश्वातिशाही आर्य जगत् गौरव ,राष्ट्रियता ,संस्कार,संस्कृति सार्वभौमिकता सुरक्षित रहन सक्ला? कदापि सुरक्षित हुन सक्दैन। नेपाल आमालाई बन्धनमुक्त गरि उनका चिसा आँखामा स्वतन्त्रताको घाम झुल्काउन सक्रिय योजना वान र सक्षम ब्यक्तिहरू आमाको आशीर्वाद पाइ अगाडि लम्किरहेका छन योजना बनाएर हिड्नेलाई दुनियाको कुनै तागतले रोक्न ,छेक्न र पछाडी पार्न सक्दैनन्,तिमीलाई तेस्तो प्रयास हुन्छ भने उक्त तत्व ह्रास हुने कुरा बताइराख्नु पर्दैन। छोटो समयका फाइदाका लागि रचिएको रणनीतिले भविष्यमा घात नहोला,दुर्घटना नहोला भन्न सकिँदैन,निर्णय लिन पछि नपर्ने हरू भोलिका दिनमा आउन सक्ने दुर्घटना र क्षति समेत अंगाल्ने सक्ने खुवी हुनु पर्दछ। कुनै पनि क्षेत्रको सर्वमान्य शक्तिको रूपमा परिचित हुन चाहने महत्वकांक्षी व्यक्ति आफ्नो भोग विलासको सींमावाट बाहिर निस्कन सकेको छैन। यद्यपि उसको स्तुति र प्रशंसा देख्दा बुझ्नेहरू र खोज्नेहरू अवश्य निराश बनेका छन्।हुन त काखामा पालिएको कुकुरले हरिण मार्दैन भने झैँ बाध्यता , निकट फाइदामा र प्रलोभनले घोकाइएको प्रशंसामा वास्तविकता कति पनि परेको जस्तो लाग्दैन। ब्यक्तिका भावनालाई सीलबन्ध गरि आफ्नो लोकप्रियता को फुस्रो ढ्वाङ् फुक्नु ब्यक्तिको नीचता र मुर्खता शिवाय केही होइन। सबैको एउटा खेल न हो, खेल खेल्दा मैदान फेरिन सक्छ,नियम फेरिन सक्छ तर नियत कैले फेरिनेछ छैन ,जुन मैदान मा गएर खेल खेलेनि उत्कृष्टता ल्याउन सक्नु खेलाडीको खुवी र तागत हो ,त्यो तागत अव देखाउने समय आएको छ। हिजोका मृगतृष्णा का अङ्कुरण नै आजका वैज्ञानिक आविष्कारात्मक फल हुन तसर्थ हिजोका अङ्कुरण भोलि फलका रूपमा समेत देख्न पाउने छौ। परिवर्तन प्रकृतिको अपरिहार्य नियम हो, यो घृणित ब्यवस्था र आफू माथि उठ्न गरिएको रणनिती कदापि सफल हुनेछैन। सङ्कुचित भावनामा रहेर सत्यता वकालत गर्न नसक्ने तत्वहरूको अन्धकार छिटै हटेर जाहोस्। “तमसोमा ज्योतिर्गमय”
लेखक: प्राज्ञिक विद्यार्थी परिषद् नेपाल लुम्बिनी प्रदेशका सहसचिव हुन् ।