हिन्दुखबर संवाददाता
अर्घाखाँची, ८ फागुन । नेपाल शिक्षक संघले अर्घाखाँचीका ६ वटै पालिकामा आज प्रतिनिधिसभा हुने भएको छ ।

६ वटै पालिकामा हुने प्रतिनिधीसभाको तयारी पुरा भएको नेपाल शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरेले बताउँनुभयो । सन्धिखर्क नगरपालिकामा हुने कार्यक्रमको तयारी पुरा भएको छ । विपी स्मृति भवन सन्धिखर्कमा शिक्षक संघको प्रतिनिधी सभा हुने अध्यक्ष डिल्लीराज थापाले बताउँनुभयो ।

शितगंगा नगरपालिकाको ठाडामा हुने प्रतिनिधी सभाको तयारी पुरा भएको शिक्षक संघ शितगंगाका अध्यक्ष राजेन्द्र केसिले बताउँनुभयो ।

पाणिनी गाउँपालिकाको दुर्गाफाटमा हुने प्रतिनिधीसभाको तयारी पुरा भएको र कार्यक्रम दुर्गाफाटमा हुने शिक्षक संघ पाणिनीका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताउँनुभयो ।

छत्रदेव गाउँपालिकाको सार्वजनिक मावि छत्रगञ्जमा हुने प्रतिनिधी सभाको तयारी पुरा भएको शिक्षक संघ छत्रदेवका अध्यक्ष कैलाश श्रेष्ठले बताउँनुभयो ।
मालारानि गाउँपालिकाको खनदह आदर्श माविमा हुने शिक्षक संघको प्रतिनिधी सभाको तयारी पुरा भएको अध्यक्ष शोभाखर खनालले बताए ।

भुमिकास्थान नगरपालिकाको नुवाकोटमा हुने प्रतिनिधी सभाको पनि तयारी पुरा भएको र शिक्षक संघमा आवद्ध शिक्षकहरुको उपस्थिती रहने शिक्षक संघका अध्यक्ष काशिराम गैरेले बताउँनुभयो ।