घनश्याम पौडेल
अर्घाखाँची, ८ फागुन । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादवप्रसाद घिमिरेले शिक्षकहरुको हक र हितका लागी नेपाल शिक्षक संघ सधै तप्पर रहेको बताउँनुभएको छ ।
नेपाल शिक्षक संघ पाणिनी गाउँपालिकाले दुर्गाफाटमा आयोजना गरेको तेस्रो प्रतिनिधी सभाको अवसरमा आयोजित शिक्षक सम्मान तथा अन्तरिक्रया कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले ‘शिक्षकहरु देशको मुहार फेर्ने प्रमुख अंग हुन, अन्य शिक्षकका संगठन भन्दा एक कदम अगाडी रहेको शिक्षक संघले शिक्षकहरुको हितमा काम गर्दछ।’
पाणिनी गाउँपालिका भित्र दरबन्दी मिलान, ५ वर्ष भन्दा बढि सेवा अवधि भएमा पाणिनि गाउँपालिकाले पेन्सनको व्यवस्था गर्नमा पनि शिक्षक संघको भुमिका महत्वपुर्ण रहेको अध्यक्ष घिमिरेले बताउँनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका उद्योग, वाणिज्य व्यापार विभागका केन्द्रीय सदस्य मणिराम पौडेल, पुर्व जिल्ला उपसभापति श्यामनाथ काश्यकप, वरिष्ठ शिक्षक ठाकुरप्रसाद गौतम, काँग्रेस महाधिवेशन प्रतिनिधि पार्वता कुवँर, महिला नेतृ अम्बिका पोख्रेल, शिक्षक महासंघ प्रदेश सदस्य प्रमोद गौतम, काँग्रेस आमन्त्रित जिल्ला सदस्य तुल्सिराम पौडेल, काँग्रेस पाणिनीका वडा सभापतिहरु धातान्नद पोख्रेल, फर्सबहादुर श्रेष्ठ, शालिकराम घिमिरे, रामप्रसाद गौतम, पाणिनी ६ का वडा अध्यक्ष शुभबहादुर सारु, तरुण दलका पाणिनी संयोजक लक्ष्मण पाण्डे, नेविसंघका जिल्ला उपाध्यक्ष घनश्याम पौडेल, ट्रेड युनियन काँग्रेस प्रदेश प्रतिनिधि पुष्करराज पोख्रेल, ट्रेड युनियन काँग्रेस जिल्ला कोषाध्यक्ष गोविन्दराज पन्थि, नेविसंघ पाणिनीका संयोजक हिरामणि घिमिरे, पाणिनि बहुउद्देश्यीय सहकारीका हरिप्रसाद अधिकारी, ट्रेड युनियन काँग्रेस पाणिनीका अध्यक्ष हरिप्रसाद घिमिरे लगाएतले मन्तव्य राख्नुभएको थियो ।
सेवा निवृत्तको तर्फबाट लोकहरी गौतमलाई सम्मान पनि गरेको छ । नवप्रवेशीहरु युगेश गौतम, हरिप्रसाद शुक्लालाई शिक्षक संघले स्वागत गरेको छ ।
कार्यक्रममा वडागत रुपमा शिक्षक संघका वडा अध्यक्षहरु हुमाकान्त पोखरेल पणेना, चिरञ्जीवी गौतम पोखराथोक, प्रेमप्रसाद आचार्य खिदिम, गिता पौडेल घिमिरे पटौटी, भक्तबहादुर रेश्मि मैदान, अर्जुन घिमिरे धातिवाङ्ग, धुर्व सुवेदी अडगुरी, ओमप्रकाश अधिकारी पालीबाट वडागत रुपमा प्रतिवेशन पेश गर्नुभएको थियो ।
कार्यक्रम नेपाल शिक्षक संघ पाणिनीका अध्यक्ष कृष्णप्रसाद घिमिरेको अध्यक्षता, उपाध्यक्ष देवीप्रसाद घिमिरेको स्वागत, सचिव पुष्करराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।


