भर्चुअलमार्फत संस्कृतभाषाको कक्षा सञ्चालन

105

बारा । भर्चुअलमार्फत आधारभूत संस्कृतभाषाको कक्षा सञ्चालन हुने भएको छ । श्रीकालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजना र जरोकिलो महाअभियान अन्तर्गत प्रगतिवादी युवा समाज प्रदेश २ को सह आयोजनमा संस्कृतभाषाको कक्षा सञ्चालन हुने भएको हो ।
नयाँवर्ष २०७८ सम्म संस्कृत सिकिसकौँ भन्ने मूल उदेश्यका साथ एकलव्य अनौपचारिक शिक्षा अभियान अन्तर्गत संस्कृतभाषाको ज्ञान हाँसिल गर्ने इच्छुकहरूले घरमै बसी आधारभूत संस्कृतभाषाको शिक्षा हाँसिल गर्न सक्ने अभियानका एक अभियानता धिरज निष्पक्षले बताए ।
कक्षा सञ्चालन यहि फागुन ११ गते भर्चुअलमार्फत साँझ ७ बजे देखि ८ः३० बजे सम्म करिब ३ महिना सञ्चालन हुने भएको हो । अध्यापकलाई सहयोगार्थ मासिक ९ सय रुपैयाँ र एकमुष्ठ भुक्तानी गर्न चाहानेलाई १ हजार ८ सय भुक्तानी गरि सहभागी हुन सकिने समेत आयोजकले बताएको छ ।