अर्घाखाँचीको मालारानीमा नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न

296

दिपेन्द्र खत्री
मालारानी, ८ फागुन । नेपाल शिक्षक संघ अर्घाखाँचीले शनिबार तेस्रो प्रतिनिधि सभा सम्पन्न गरेको छ। अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहमा नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको हो।

नेपाल शिक्षक संघ मालारानीका अध्यक्ष शोभाखर खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका सचिब नन्दराम भट्टराई प्रमुख अतिथी, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष सारदा भट्टराई, नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सहसचिब कृष्ण खनाल, नेपाली काँग्रेस मालारानिका संयोजक शोभाखर खनाल, पुर्ब श्रोत व्यक्ती विष्णु पोख्रेल, प्रधानाध्यापक भोजराज रिजाल लगाएतको आतिथ्यता रहेको थियो ।
सभामा नेपाल शिक्षक संघ मालारानिका अध्यक्ष शोभाखर खनालले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपाल शिक्षक सङठन परित्याग गरि शिक्षक संघमा प्रबेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ मालारानिका सचिव कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।