घनश्याम पौडेल
अर्घाखाँची, ८ फागुन । नेपाल कम्युनिष्टको किल्ला भनेर चिनिएको अर्घाखाँचीको मालारानी गाउँपालिकामा पछिल्लो समय नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ ।
तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपाका उम्मेदवारलाई उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार शोभाखर खनालले पराजीत गरेसँगै मालारानीमा काँग्रेसको संगठन तिव्र रुपमा अगाडी बढेको छ ।
मालारानीको खनदहमा तुलनात्मक रुपमा नेकपाको बहुमत हुदाँहुदैँ पनि काँग्रेसका उम्मेदवार शोभाखर खनालले नेकपाका यमलाल खनाललाई हराएका थिए ।
स्थानिय तहमा जनप्रतिनिधको रुपमा शोभाखर खनाल विजयी भएसँगै मालारानीमा काँग्रेसको संगठन निमार्णमा थप टेवा पुगेको छ । नेपाली काँग्रेस अर्घाखाँचीका सभापति विष्णुप्रसाद खनाल मुस्कानले भन्नुभयो ‘नेकपाले सरकार चलाउँदा काम भन्दा कुरा बढी गरेकोले काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको दाबी गर्नुभयो।’ मालारानीमा मात्रै सयौँको संख्यामा नेकपा परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको लहर लागेको छ, आगामी निर्वाचनबाट मालारानीको सरकार पनि काँग्रेसकै नेतृत्वमा बन्छ, मुस्कानले भन्नुभयो ।
आज अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी आरुखोरमा १७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कार्यक्रममा रमेश बिश्वकर्मा, तुल्सिराम भुसाल, बाबुराम अधिकारी सहित १७ जना प्रवेश गर्ने लाई केद्रिय सदस्य रेवतीप्रसाद भुसाल,सभापति विष्णु मुस्कानले टिका, माला लगाई स्वागत गर्नुभएको थियो ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य रेवतीप्रसाद भुसालले जनताको पार्टी काँग्रेस भएकाले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीले उचित स्थान दिने बताउँनुभयो ।
प्रतिनिधी सभाको विघटन असंवैधानिक कदम भएको बताउँदै ओलीको कदम लोकतन्त्र विरोधी भएको बताउँनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु मुस्कानले अर्घाखाँची काँग्रेसको किल्ला हुने दावी गर्नुभयो । ख्रोको नाराका भरमा जनता भ्रममा नपर्ने उहाँले बताउँनुभयो ।
कार्यक्रममा काग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रदेश सभा क्षेत्र नं. १ का सभापती केशवराज कुवँर, तरुण दलका जिल्ला अध्यक्ष तथा सन्धिखर्क नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष नाराण खड्का लगाएतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु भुसाल, महासमिती सदस्य केशव श्रेष्ठ, संगठन विभाग प्रमुख कृष्ण खनाल, जिल्ला सदस्यहरु हेमन्त बेल्वासे, संगिता बेल्वासे, विष्णु क्षेत्री, सिता भुसाल, मालारानी सभापति शोभाखर खनाल, काँग्रेस अर्घाखाँची-कपिलवस्तु सम्पर्क समितीका संयोजक तुल्सिराम घिमिरे, तरुण दल अर्घाखाँची-काठमाडौं सम्पर्क समितीका अध्यक्ष अर्जुन पोख्रेल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस मालारानी ५ का वडा सभापति मणिराम खनालको अध्यक्षता, पुर्व सभापति झबिन्द्र खड्काको स्वागत मन्तव्य, सचिव नारायण प्रसाद भुसालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।
यो पनि पढ्नुहोस ।