ओलिको निर्वाचन क्षेत्रमा थापाको उद्घोषः धर्मनिरपेक्ष एउटा महारोग साबित हुन्छ

83

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा क्षेत्र नं. ५ क्षेत्रिय समितिद्वारा झापाको गौरीगंज गाउँपलिकामा आयोजित कार्यक्रममा पार्टीका अध्यक्ष कमल थापाले सम्बोधनका क्रममा संघियताको बोझ नेपाली जनताले धान्न नसक्ने बताएका छ्न ।

अध्यक्ष थापाले धर्मनिरपेक्षता नेपालको धार्मिक सामाजिक र सांस्कृतिक परिवेस अनुसार चल्न नसकेको बताउदै देशको धार्मिक सामाजिक र सास्कृतिक परिबेसमा धर्मनिरपेक्षा एउटा महारोग साबित हुने उद्घोष गरेका छ्न ।

सभालाइ सम्बोधन गर्दै अब देसमा संवैधानिक राजा सहित हिन्दुराष्ट्रको कुनै विकल्प नरहेको बताएका छन । थापाले सभालाई सम्बोधनकै क्रममा अब ‘हामीले राजा आउ देश बचाउ भन्ने होइन, जनता आउ राजा ल्याउ, जनता आउ , हिन्दु राष्ट्र ल्याउ भन्ने हो, राजाले मात्र देश बचाउने होइन अब राजा र जनता मिलेर देश बचाउने हो , थापाले बताए ।

राजनितिक इतिहासको तितो यथार्थ स्मरण गराउदै राजालाई वनवास पठाएर हिन्दुराष्ट्रलाई खारेज गरिएको तितो इतिहास सम्झाउदै त्यसबाट पाठ सिकेर अव नेपाली परिवेशमा सबैले अटाउने मौलिक प्रजातन्त्र विकास गर्न सबै राजनीतिक दलहरुलाई हातेमालो गर्न उनले आग्रह समेत गरेका थिए ।