सुरेशचन्द्र रिजाल ,
पछिल्लो समय मानिसहरूले विभिन्न निर्माण कार्यमा वास्तुशास्त्रलाई अनिवार्य जस्तै मान्दै आएका छन् । प्राय हामीले किन्ने जग्गा पूर्व,पश्चिम, उत्तर तथा दक्षिण चारै कुना मिलेकाे छ भने वास्तुशास्त्रका हिसाबले अत्यन्तै शुभ तथा सकारात्मक उर्जाकाे प्रवाह हुने जग्गाका रुपमा लिनेगरिन्छ । तपाईं हामी कतिपयले किन्ने जग्गा सबै यसरी नै मिलेकाे हुन्छ भन्ने पनि छैन । जग्गा किन्नुभन्दा अघि ठीकठाक चलेकाे हाम्राे दैनिकी जग्गा पासगरेर आफ्नाेनाममा ल्यायेदिखि नै विभिन्न समस्या पर्दै अन्तिममा आर्थिक हिसाबले निक्कै कमजाेर बनाईसकेकाे हुन्छ। राम्राेसंग चलिरहेकाे जीवन समस्या ग्रस्त बन्न पुग्दछ । जग्गा पासगरेर आफ्नाे नामामा ल्यायेदेखि यस्ताे समस्या भएकाे हाे भनेर हाम्राे दिमागले कहिल्यै पनि साेचेन । वास्तुकाहिसावले खराब जग्गाकै कारणले कारणले गर्दा यस्ताे समस्या भएकाे हाे । कस्ताे भूमिमा कुन दिशातर्फ फर्केको भवन बनाउने हाे पहिल्यै यकिन गरेर घडेरी किन्नुपर्दछ ।
वैदिक कालदेखि नै वास्तुशास्त्रकाे प्रयाेग अत्याधिक हुदैआएता पनि आम सर्वसाधारणलाई यसकाे प्रयाेगका बारे खासै ज्ञान थिएन । गृहनिर्माण गर्दा जग्गा या भूमि जुन तत्वसंग सम्बन्धित छ त्यहीँ तत्वलाई सन्तुलन मिलाएर निर्माणकार्य सम्पन्न गराउनु नै वास्तुशास्त्रकाे मूल सिद्धान्त हाे । पछिल्लो तथ्यांकअनुसार नेपालकाे कुल जनसंख्याको २ प्रतिशतले मात्रै अहिले वास्तुशात्रकाे नियम पालना गरेकाे पाईएकाे छ । मानिसले भाग्य र कर्मकाे सहायताले प्राप्त सफलता यदि सही स्थानमा लगाउन सकेन भने भाग्य र कर्मबाट प्राप्त सफलता पूर्णरुपमा फेल हुनेछ त्येसैले लगानी गर्दा उपयुुक्त स्थानकाे छनाैट गर्नका लागि वास्तुशास्त्रले पूर्णरुपमा सहयोग गर्ने छ । उच्चाईका आधारमा वास्तुशास्त्रकाे नियम लागु हुनेभएकाले हिमाल,पहाड तथा तराईमा छुट्टाछुट्टै नियममा रहेर निर्माण कार्य सम्पन्न गर्नु पर्दछ ।
वास्तुशास्त्रले घडेरीलाई मुख्य रुपमा चार भागमा विभाजन गरिएकाे छ ।
(क) कूर्मपृष्ठ ( कछुवाकाे ढाड जसरी उठेकाे कछुवा ढाडे) :- बीचकाे भाग उठेकाे हुन्छ
(ख ) गजपृष्ठ ( हात्तीको ढाड जसरी चारैकुना उठेकाे र बीचमा सम्म भएकाे हात्ती ढाडे
(ग) दैत्यपृष्ट पूर्वतिर अग्लाे र पश्चिमा हाेताे भएकाे जुन दैत्यपृष्ट जग्गा
(घ ) नागपृष्ट पूर्वमा लामाे साेताे भएकाे र माझमा हाेचाे र दक्षिण उत्तर अग्लाे उठेकाे नागपृष्ट भनिन्छ ।
समग्रमा कूर्मपृष्ठ र गजपृष्ठ घडेरी बस्नाका लागि उत्तम मानिन्छ । व्यापार व्यवसाय गर्नका लागि पूर्व पश्चिमी फैलिएकाे जग्गा शुभ हुन्छ । व्यवसायी काराेबार पूर्णरुपमा सफल भएकाहरु यस्तै प्रकारकाे जग्गामा बसेका हरुमात्रै सफल भएका छन् । बसाेवास गर्नका लागि उत्तर र दक्षिण फैलिएको भूमि अत्यन्तै शुभ तथा लामाे समयसम्म चिरायू रहनेकुरा शास्त्रमा उल्लेख गरिएकाे छ । हामीले जबसम्म प्रकृतिको नियमा रहेर बस्न सक्दैनौं तबसम्म पूर्ण र सुखी जीवन बिताउन सक्दैनौं वस्तुशास्त्रकाे नियमा रहेर बनाईएका भवनहरुले मानिसलाई शारीरिक, आर्थिक, सामाजिक क्षेत्रमा पूर्णता दिलाउदछ । यदी उत्तर या उत्तर पूर्वकाे जग्गा अरु दिशाभन्दा केहि बढेकाे छ भने शास्त्रका हिसाबले अत्यन्तै शुभ तथा सकारात्मक उर्जा प्रबाह हुने उल्लेख गरिएको छ । यस्ताे जग्गामा बसाेबास गरेका गरेका ९२ प्रतिशत मानिसहरु सफल देखिएका छन् । यदि त्येसकाे ठिक बिपरित दक्षिण पश्चिमी कुना या नैरित्य काेण अरुकुना भन्दा बढेको छ आर्थिक हिसाबले निक्कै कमजाेर बनाउद छ ।

दैत्यपृष्ठ र नागपृष्ठ दुबै घडेरी अशुभ घरमूलीकाे स्वस्थ्यमा अचानक समस्या तथा आफ्ना इष्ट मित्रहरू संग झैझगडा र दुख कष्ट दायक घडेरीकाे रुपमा वास्तुशासत्रमा उल्लेख गरिएको छ ।
लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन् ।