अर्घाखाँचीमा राप्रपालाई बलियो पार्टी बनाउने अभियानमा छौ : केन्द्रीय सदस्य पौडेल

300

अर्घाखाँची , राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले जिल्ला पदाधिकारी भेला, चुनाब चिन्ह अनावरण ,तथा केन्द्रिय सदस्यलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका जिल्ला अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा बसेको उक्त भेलामा राप्रपा केन्द्रिय सदस्य नबिन पौडेल ,गणेश थापा, बसिर मिया ,देवि बहादुर खड्काको पनि उपस्थिती रहेको थियो। जिल्ला सह अध्यक्ष ,जिल्ला सचिब, लगायत छत्रदेव गा.पा. अध्यक्ष तुल्सिराम पौडेलको पनि उपस्थिती थियो।

उक्त भेलालाइ सम्बोधन गर्दै केन्द्रिय सदस्य नबिन पौडेलले अर्घाखाँचीमा राप्रपा एक बलियो पार्टीको रुपमा उभिन तर्फ अग्रसर रहेको जनाउनु भयो।नेपालमा धर्म सस्कृती जोगाउने देखि राष्ट्र नै जोगाउन राप्रपाले लिएका नीति तथा कार्यक्रमले बुटिको काम गर्ने छ।नेपालको एकमात्र मौलिक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीनै भएकोले अब नेपाललाइ यहिको स्रोत साधन बाट समृद्धि तर्फ डोर्‍याउन राप्रपा नै एक मात्र विकल्प भएको कुरालाइ जोड दिनु भयो। राप्रपा अर्घाखाँची अब आक्रामक शैलीमा संगठन बिस्तारमा लागेकोले सम्पुर्ण जिल्ला बाशिलाइ राप्रपाको यस महान अभियानमा सहभागी हुन आग्रह गर्नु भयो। उक्त कार्यक्रममा सहभागीहरुले राप्रपालाई अगाडि बढाउने सम्बन्धमा राय सुझाब दिनु भएको थियो।केही सहभागीहरुले राप्रपा भएको कारणले केही पालिका प्रतिनिधिले सरकार बाट प्राप्त सुबिधामा सहभागी नगराएको, तथा पुर्बाग्रह राखेको भन्ने गुनासो गरेकोले तत्काल जिल्ला प्रमुख अधिकारि बिष्णु प्रसाद पौडेलज्यु लाई भेटी जानकारी गाराइएको केन्द्रिय सदस्य नबिन पौडेलले बताउनु भयो। प्रमुख जिल्ला अधिकारिले आफू अर्घाखाँची जिल्लाबासिको साझा संस्थामा भएकोले तुरुन्तै यो बिषयमा बुझ्ने र कसैलाइ पनि पिडित हुन नदिने आश्वासन दिनु भयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी अर्घाखाँचीले अदालतको निर्णय पर्खेको र संगठन बिस्तार तथा भैपरी आउने चुनावको तयारिमा लागेको पनि जिल्ला अध्यक्ष दिपक कुंवरले बताउनु भयो।