कांग्रेसको प्रतिक्रियाः अधिनायकवादी आकांक्षा पनि खारेज भयो

187

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनः स्थापनासँगै अधिनायकवादी आकांक्षा पनि खारेज भएको बताएका छन् ।

संसद पुनःस्थापना भएसँगै प्रतिक्रिया दिदैँ शर्माले संविधानको रक्षा र नेपाली जनताको जित भएको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा ट्विट गदै शर्माले संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो ।

फैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ । संविधान रक्षा गर्दै जनताको जीत प्रवक्ता शर्माको भनाई रहेको छ ।