काठमाडौं । नेपाली काँग्रेसका युवा नेता गगन थापाले संविधान विरुद्ध षडयन्त्र र सेटिङको शासन गर्ने प्रधानमन्त्रीको दुस्साहसलाई खारेज गर्दै सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन् ।
संसद पुनःस्थापना भएसँगै नेपाली सबै जनतालाई बधाई दिदै थापाले सामाजिक सञ्जालमा लेखेका छन्, अदालतले विना भय र दवाव,विवेकसम्मत रुपमा संविधानको पक्षमा दृढतापूर्वक आफुलाई उभ्याएको बताए ।
संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो, न्यायालयप्रतिको जनविश्वासलाई थप उच्च बनाएको थापाले भने ।
आज सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ ।
प्रधानन्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।
साथै विघटित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेको छ ।