काँग्रेस र नेकपाका नेताहरुको एउटै स्वरः प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

96

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्षका) प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले तत्तकाल राजीनमा दिनुपर्ने बताएका छन् ।

अदालतले संविधानले दिएको जिम्मेवारी इमान्दारितापूर्वक पुरा गरेको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्यस्तै नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले संसद पुनर्स्थापना गर्ने फैसलाले अदालतप्रति विश्वास अझ गहिरो भएको बताएका छन् ।

सर्वोच्च अदालतले मंगलबार संसद विघटनलाई असंवैधानिक भएको ठहर गरेको थियो । र, १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ ।
आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ ।

संविधान जोगिएको छ ।’ यद्यपि संसदले २ वर्षसम्म रहने उपादेयता भने गुमाएको उनले बताए ।

कांग्रस नेता रिजालले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ, नभए संसदले उहाँलाई हटाउँछ ।’