सर्वोच्च अदालतको फैसला स्वागतयोग्य: सभापति देउवा

287
File photo

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउँवाले संसद विघटनका विषयमा सर्वोच्च अदालतको फैसला स्वागत रहेको बताएका छन् ।

संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतले फैसला गरेसँगै सभापति देउँवाले अदालतलाई धन्यवाद गर्दै जारी गरेको विज्ञप्तीमा काँग्रेसले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थियो ।

सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्ने एतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ, सभापति देउवाले भने ।

संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो ।

सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई सभापति देउवाले धन्यवाद व्यक्त गरेका छन् ।

May be an image of text