घनश्याम पौडेल
काठमाडौं, ११ फागुन । नेपाली काँग्रेस संसदिय दलका सचेतक पुष्पा भुसालले संसद पुनःस्थापनाको कदम स्वीकार्य भएको बताईन ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्ने निर्णय गरेसँगै हिन्दुखबर डटकमसँगको कुराकानीमा नेतृ भुसालले ‘सर्वोच्च अदालतको निर्णयलाई काँग्रेसले स्वीकार गर्छ, राजनितिक दलको आपसी लडाईका कारण संसद भंग गर्नु असंवैधानिक कदम भएको पुष्टि भएको छ।’

काँग्रेसले सर्वोच्च अदातलको निर्णय स्वीकार गर्ने भन्दै आएको थियो, न्यायपालिका स्वतन्त्र हुनुपर्छ, भुसालले भनिन् ।

काँग्रेसले संसद भंग गरेको कदम अंसबैधानिक भन्दै आन्दोलन गरेको थियो, नेतृ भुसालले भन्नि ‘अदालतप्रति नेपाली जनतको विश्वास बढेको छ।’

आज सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेको छ ।
प्रधानन्ययाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।

साथै विघटित प्रतिनिधिसभाको बैठक १३ दिनभित्र डाक्न परमादेश जारी गरेको छ ।