संसदीय दल प्रचण्ड-माधव समूहको बैठक बोलाइयो

262

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव नेपाल समुहको संसदिय दलको बैठक बस्न लागेको छ ।

सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै उक्त समुहको बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको श्रेष्ठले बताए ।

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्नका लागी बैठक बस्दै छ ।

यसअघि नै प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।