‘प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु हुँदैन’: सुर्य थापा

107

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा नदिने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

ओलीले प्रतिनिधिसभाको सामना गर्ने तर तत्काल प्रधानमन्त्री पदबाट राजीनामा नदिने थापाले सामाजिक सञ्जालमार्फत जानकारी दिए । प्रतिनिधिसभाको समाना गरेर नै सर्वोच्चको फैसलाको कार्यान्वयन गर्ने पक्षमा प्रधानमन्त्री ओली रहनुभएको थापाको भनाइ छ ।

‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिंदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन ।

बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ ।