ज्योतिषीका छोराले पत्ता लगाए फेसबुककाे डीएनएस रेकर्ड भल्नरेबिलिटी

201

काठमाडौं । नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका कोषाध्यक्ष ज्योतिषी भुपेन्द्रराज घिमिरेका सुपुत्र एवम् चितवनका साइबर सुरक्षा अनुसन्धानकर्ता बिनित घिमिरेले फेसबुकमा रहेको डीएनएस रेकर्ड भल्नरेबिलिटी पत्ता लगाएका छन् ।

उक्त भल्नरेबिलिटीलाई दुरुपयोग गरेर खराब पात्रले सब डोमेन टेकओभर गर्नसक्ने पाएपछि २०२० को डिसेम्बरमा बिनितले उक्त सुरक्षा कमजोरीको रिपोर्ट फेसबुकमा गरेका थिए ।

यससँगै उनी फेसबुकको ह्वाइटह्याट थ्याङ्क्स पेजमा लगातार तीनपटक फिचर हुने तेस्रो नेपाली बन्न सफल भएका छन् ।

नाइटेड टेक्निकल कलेजमा कम्प्युटर इन्जिनियरिङको अन्डरग्रजुएट छात्र बिनित फुल स्ट्याक वेब डेभलपर तथा वेब नेटवर्क पेनिट्रेसन टेस्टर हुन् ।

फेसबुक बाहेक विश्वभरका ७० वटा विभिन्न बहुराष्ट्रिय कम्पनी, संस्था तथा विश्वविद्यालयहरुबाट रिवार्ड तथा एक्नलेजमेन्ट पाइसकेकाे उनका बाबा ज्योतिषी भुपेन्द्रराज घिमिरेले हिन्दुखबर डटकमलाई जानकारी दिनुभयो ।

उनको रिपोर्टलाई फेसबुकले मंगलबार सदर गर्दै ५०० अमेरिकी डलर अर्थात् ५८ हजार नेपाली रुपैयाँको पुरस्कार प्रदान गरेको छ । यस अघि सन् २०१८ र २०१९ मा पनि फेसबुकले ७५०, ७५० डलर पुरस्कार प्रदान गरेकाे थियाे । यससँगै उनी फेसबुकको ह्वाइटह्याट थ्याङ्क्स पेजमा लगातार तीनपटक फिचर हुने तेस्रो नेपाली बन्न सफल भएका छन् ।