प्रभु लाइफ इन्स्योरेन्सको शाखा अर्घाखाँचीमा

104
प्रेमनारायण आचार्य
सन्धिखर्क, १२ फागुन । अर्घाखाँचीको सन्धिखर्कमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा कार्यलय स्थापना भएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा स्थापना भएको शाखाको एक कार्यक्रमका बिच प्रभु लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी प्रमुख किशोर लामिछानेले उद्धाटन गर्नु भएको हो ।
प्रभु लाइफ इनस्योरेन्स कम्पनीका लुम्विनी प्रदेशका ईन्चार्ज प्रशान्त शुवेदीको सञ्चालन र सिनियर एजेन्सि म्यानेजर गोविन्द बन्जाडेको स्वागत मन्तव्यमा सम्पन्न भएको कार्यक्रममा व्यवसाय प्रबन्धक प्रमुख प्रयास श्रेष्ठ, एजेन्सी म्यानेजर गोविन्द बन्जाडे, तुलसीराम पोख्रेल, रामु पाण्डे, खडानन्द पौडेल, शाखा प्रमुख दिपक भुसाल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रभु लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु संग छलफल साथै विमाका पोलिसी समेत हस्तान्तरण गरिएको थियो ।